नियम ७१
कार्य सम्पादनको मूल्याङ्कन
-१) कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कनको लागि
प्रयोग गरिने कार्य सम्पादनको मूल्याङ्कन फाराम अनुसूची–१७ बमोजिम हुनेछ ।
(२) कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कनको लागि मूल्याङ्कन गरिने
कर्मचारीभन्दा एक तह माथिको सम्बन्धित कर्मचारी सुपरिवेक्षक हुनेछ र सुपरिवेक्षकभन्दा
एक तह माथिको सम्बन्धित कर्मचारी पुनरावलोकनकर्ता हुनेछ ।
तर,
(क) अधिकृत तहको कर्मचारीहरूको सुपरिवेक्षक सहायक तहको
कर्मचारी हुने छैन ।
(ख) जिल्लास्थित कार्यालयहरूमा सहायक तहको कर्मचारीको
पुनरावलोकनकर्ता अधिकृत कर्मचारी नभएमा पुनरावलोकन
समितिको अध्यक्षले तोकेको अधिकृत पुनरावलोकनकर्ता हुनेछ ।
(ग) कुनै अधिकृत तहको कर्मचारीको सुपरिवेक्षक अधिकृत बाह्रौ
तहको कर्मचारी भएमा निजले नै पुनरावलोकनकर्ता समेत भई
काम गर्नेछ ।
(घ) कार्यालय प्रमुख वा विभागीय प्रमुख भई काम गर्ने कर्मचारीले
आफू मातहत काम गर्ने समान तहका कर्मचारीको समेत कार्य
सम्पादन मूल्याङ्कनको निमित्त सुपरिवेक्षक भई काम गर्न
सक्नेछ ।
स्पष्टीकरण : मूल्याङ्कन गरिने कर्मचारी र निजको सुपरिवेक्षक हुने
कर्मचारी समान तहको भई एउटै सेवा, समूह वा उपसमूहमा बढुवाको
लागि दुवै संभाव्य उम्मेदवार हुने भएमा त्यस्तो कर्मचारीको कार्य
सम्पादन मूल्याङ्कनको लागि उक्त सुपरिवेक्षक हुने कर्मचारीले कार्य
सम्पादन मूल्याङ्कन फाराममा उल्लिखित आधारलाई दृष्टिगत गरी आफ्नो
लिखित मन्तव्य सहित सो फाराममा पुनरावलोकनकर्ता वा आफूभन्दा
माथिल्लो तहको कर्मचारी समक्ष सुपरिवेक्षणको निमित्त पेश गर्नु पर्नेछ ।
(ङ) अधिकृत बाह्रौ तहमा कार्यरत कर्मचारीको सुपरिवेक्षक तथा
पुनरावलोकनकर्ता मन्त्रालयको सचिव हुनेछ ।
(३) सहायक तहको कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कनको लागि देहायको
पुनरावलोकन समिति रहनेछ ः-
(क) मन्त्रालयको सचिव वा सम्बन्धित
विभागीय प्रमुखले तोकेको अधिकृत                           – अध्यक्ष
(ख) सम्बन्धित पुनरावलोकनकर्ता                               – सदस्य
(ग) सम्बन्धित सुपरीवेक्षक                                          – सदस्य
(४) अधिकृत छैठौंदेखि दशौं तहसम्मका कर्मचारीको कार्य सम्पादन
मूल्याङ्कनको लागि देहायको पुनरावलोकन समिति रहनेछ ः-
(क) मन्त्रालयको सचिव                                              – अध्यक्ष
(ख) मन्त्रालयको सचिवले तोकेको एघारौं वा
बाह्रौं तहको अधिकृत                                                  – सदस्य
(ग) सम्बन्धित विभागको महानिर्देशक                              – सदस्य
(५) अधिकृत एघारौं तहका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको लागि
देहायको पुनरावलोकन समिति रहनेछ ः-
(क) मुख्य सचिव वा निजले तोकेको नेपाल
सरकारको सचिव                                                      – अध्यक्ष
(ख) मन्त्रालयको सचिव                                            – सदस्य
(ग) मन्त्रालयको सचिवले तोकेको बाह्रौं तहको
अधिकृत                                                                  – सदस्य
(६) कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गरी दिइने कूल चालीस अङ्कको
विभाजन देहाय बमोजिम हुनेछ ः-
(क) सुपरिवेक्षकले दिन सक्ने अधिकतम अठार अङ्क
(ख) पुनरावलोकनकर्ताले दिन सक्ने अधिकतम बाह्र अङ्क
(ग) पुनरावलोकन समितिले दिन सक्ने
अधिकतम दश अङ्क
(७) सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिले कर्मचारीहरूको
कार्य सम्पादन वापत अङ्क दिंदा ……………… देहाय बमोजिमको प्रक्रिया अपनाउन
सक्नेछ ः-
(क) पेश हुन आएका कार्य सम्पादनको मूल्याङ्कन फारामहरू
छानबीन गरी सो फारामहरूमा कार्य सम्पादन र अङ्क वितरण
बीच सामन्जस्य कायम गर्ने,
(ख) कुनै निकायको समष्टिगत उपलब्धि र त्यसमा कार्यरत
कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कन बीचको पारस्परिक
सम्बन्ध माथि विचार गर्ने,
(ग) पेश हुन आएका कार्य सम्पादन मूल्याङ्कन फारामहरूमा
आवश्यक देखिएमा पुनरावलोकनकर्ता वा सुपरिवेक्षकसँग
पुष्ट्याइको माग गर्ने वा पुनर्विचारको लागि निजकहाँ पठाउने,
(घ) पुन पेश हुन आएको कार्य सम्पादन मूल्याङ्कन फाराम पुष्ट्याई
औचित्यपूर्ण नभएको वा अङ्क संशोधन समेत नभई आएमा
पुनरावलोकन समितिले यस विषयमा टिप्पणी गरी त्यस्तो
सुपरिवेक्षक वा पुनरावलोकनकर्ताको अभिलेख राख्न सम्बन्धित
निकायमा लेखि पठाउने ।
(७क) कार्य सम्पादन मूल्याङ्कन बापत सुपरिवेक्षक वा पुनरावलोकनकर्ताले
पञ्चानब्बे प्रतिशतभन्दा बढी वा पचहत्तर प्रतिशतभन्दा कम अङ्क प्रदान गर्दा सोको स्पष्ट
कारण खुलाउनु पर्छ र पचहत्तर प्रतिशतभन्दा कम अङ्क दिएकोमा सम्बन्धित कर्मचारीलाई
जानकारी गराई निजले प्रतिक्रिया दिएमा सो समेत राखी पुनरावलोकन समिति समक्ष
पेश गर्नु पर्नेछ । पुनरावलोकन समितिलाई सुपरिवेक्षक वा पुनरवालोकनकर्ता वा दुबैले
गरेको कार्य सम्पादन मूल्याङ्कन चित्त नबुझेमा सोको स्पष्ट कारण समेत खुलाई फिर्ता
पठाउन सक्नेछ । त्यसरी फिर्ता पठाएकोमा सम्बन्धित मूल्याङ्कनकर्ताले पुन मूल्याङ्कन गरी
वा पहिले गरेको मूल्याङ्कनमा संशोधन गर्न आवश्यक नभए सोको औचित्यपूर्ण कारण
खुलाई पुनरावलोकन समिति समक्ष पेश गर्नु पर्नेछ ।
(८) कार्य सम्पादनको मूल्याङ्कनको प्रयोजनको निमित्त अङ्क गणना गर्दा बढुवा
वा स्तरबृद्धिको लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा आवश्यक पर्ने हो
पछिल्लो त्यति वर्षको कार्य सम्पादन मूल्याङ्कन बापत प्राप्त अङ्कको औसत अङ्क गणना
गरिनेछ ।
तर,
(१) अध्ययन वा तालिममा भएको अवधिको कार्य सम्पादन मूल्याङ्कन
वापत त्यस्तो अध्ययन वा तालिममा जानुभन्दा तत्काल अघिको
वर्षमा जति अङ्क पाएको छ त्यही अनुपातमा नै अङ्क दिइनेछ ।
(२) असाधारण बिदामा बसेको अवधिलाई कटाएर मात्रै सम्भाव्य
उम्मेदवारीको हिसाब गरिनेछ र त्यस्तो आसाधारण बिदाको
अवधिको कार्य सम्पादनको मूल्याङ्कन फाराम भरिने छैन । एक
वर्षभन्दा कम तर छ महिना वा सो भन्दा बढी अवधिको कार्य
सम्पादनको मूल्याङ्कन गर्दा एक वर्षकै लागि तोकिएको अङ्कको
दामासाहीले गणना गरिनेछ ।